• ट्रेण्डिङ्ग :
अरनिको र बिपी राजमार्गमा नियमित यातायात सञ्चालन

अरनिको र बिपी राजमार्गमा नियमित यातायात सञ्चालन


  • 2.6K
    SHARES
    • आषाढ २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.0K Views

    अरनिको र बिपी राजमार्गमा नियमित यातायात सञ्चालन

    काभ्रेपलाञ्चोक, २८ असार । जिल्लास्थित विभिन्न स्थानमा पहिरा खस्दा अवरुद्ध बनेका अरनिको र बिपी राजमार्गमा आजदेखि नियमित यातायात सञ्चालन भएका छन् । निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्डमा पहिरो खसेर दुई दिनदेखि सडक अवरुद्ध बनेको थियो ।

    images

    धुलिखेल–खावा खण्डमा पहिरो खस्नुका साथै वर्षाका कारण लेदोमा गाडी फसेका थिए । खावा नजिक खसेको पहिरो पन्छाइ फसेका गाडी निकालेर हिजो खाल्डाखुल्डीमा ग्राभेलले पुरेसँगै आज बिहानदेखि नियमित यातायात सञ्चालन भइरहेका छन् ।

    आज बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्गको रोशी–मङ्गलटार खण्डको पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याइएको हो । निरन्तर वर्षा भइरहेकाले उक्त सडकखण्डको यात्रा कष्टपूर्ण बनेको स्थानीय बताउँछन् । रोशी गाउँपालिकास्थित माम्ती खोलाको बाढीले राजमार्ग अवरुद्ध बनेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो ।   

    अरनिको र बिपी राजमार्गका विभिन्न स्थानमा अहिले पनि स–साना पहिरो जानसक्ने देखिएकाले तत्काल पहिरो पन्छाउन स्काभेटरलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । निर्माणाधीन अरनिको राजमार्गको उक्त सडकखण्डलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि मालवाहक यातायातका साधन तथा टिपरलाई अनिश्चितकालीन सञ्चालनमा रोक लगाएको थियो । 


    तेस्रो आँखा