• ट्रेण्डिङ्ग :
कर्णाली करिडोर अवरुद्ध

कर्णाली करिडोर अवरुद्ध


  • 3.0K
    SHARES
    • आषाढ २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    कर्णाली करिडोर अवरुद्ध

    कालीकोट, २९ असार/ आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 

    images

    पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो । “लाफा बजारनजिक लगातार पहिरो खसिरहेको छ”, उहाँले भन्नुभयो । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उहाँले बताउनुभयो । 

    यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट–हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।  


    तेस्रो आँखा