• ट्रेण्डिङ्ग :
कांग्रेस महाधिवेशन : दाङ २ मा भिड्न तयार भए दुई समुह  

कांग्रेस महाधिवेशन : दाङ २ मा भिड्न तयार भए दुई समुह  


  • 11.7K
    SHARES
    • कार्तिक २८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 18.0K Views

    कांग्रेस महाधिवेशन : दाङ २ मा भिड्न तयार भए दुई समुह  

    दाङ,कात्तिक २८ । 
    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नम्बर २ मा दुई समुहभिड्ने भएका छन् । क्षेत्र नम्बर २ को प्रतिनितिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रमा दुई यि दुई समुहले आआफ्नो उम्मेदवारको प्यानल तयार पारेका छन् । शनिबार एक समुहले उम्मेदवारी घोषणा गर्यो भने अर्को समुहले आईतबार उम्मेदवारी घोषणा गरेको छ । क्षेत्रीय अधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको ३ मंसिरमा र प्रतिनिधिसभा अन्तर्गतको क्षेत्रको अधिवेशन ६ मंसिरमा हुँदैछ । 
    आईतबार घोषणा गरेको समुहले कांग्रेस क्षेत्र नम्बर २ को सभापतिमा चित्रबहादुर डाँगी ‘निर्मल’ लाई  उम्मेदवार तय गरेको छ । यसैगरि सचिवमा आरके सितल र सनतोष योगी उम्मेदवार तय भएका छन् भने सहसचिवमा शिब घिमिरे र प्रमोद पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरि प्रदेशसभा अन्तर्गत २ (क) मा दुर्गा जिएमलाई सभापतिको उम्मेदवार तय गरिएको छ । यस्तै उपसभापतिमा बलबहादुर ओलीले उम्मेदवारी घोषणा गरेका छन् , अर्का एक उपसभापति भने चाँडै तय हुने बताईएको छ । यसैगरि सचिवमा मायाँ पोख्रेल र प्रकाश पाण्डे, तथा सहसचिवमा माधव चौधरी र बिकास जिसीले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै क्षेत्र नम्बर २ ख को सभपतिको उम्मेदवार अभियान बस्नेत तय भएका छन् । यस्तै उपसभापतिमा गोबिन्द दाहाल र बिष्णु कुमार देवकोटाले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सचिवमा नोखिराम केसी र शिबराज बस्नेत तथा सहसचिवमा लौटन चौधरी र जयभोला परियारले उम्मेदवारी घोषणा गरेका छन् । 

    images

    यसैगरि शनिबार अर्को समुहले भिमप्रकाश खड्काको नेतृत्वमा क्षेत्रीय चुनावमा जाने गरि उम्मेदवार सार्वजनिक गरेको छ । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भिमप्रकाश खड्कालाई उम्मेदवार बनाएको यो समुहले सचिवमा कमल गौतम र हिमबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ । यसैगरि सहसचिवमा रमेश पाण्डे र रञ्जित श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरि २ क को सभापतिमा प्रकाश श्रेष्ठले उम्मेदवारी घोषणा गरे भने उपसभापतिमा पदम खत्री र तिलक भण्डारी, सचिवमा शिशिर अधिकारी र युवराज आचार्य तथा सहसचिवमा बिष्णु पोख्रेल र भुवन चौधरीले शनिबार उम्मेदवारी घोषणा गरे । यस्तै २ ख मा लालबहादुर गिरी सभापतिको उम्मेदवार बनेका छन् । उपसभापतिमा ज्ञानबहादुर खत्री र शरद बिक, सचिवमा तिलक केसी र डिल्ली बहादुर ओली तथा सहसचिवमा निर्मला न्यौपाने र युद्धबहादुर डाँगीले उम्मेदवारी घोषणा गरेका छन् । 
    दुई समुह बनाएर चुनावी मैदानमा होमिएका सबै उम्मेदवारहरु अहिले मत माग्नका लागि प्रचार प्रसारमा खटिएका छन् ।  



    तेस्रो आँखा