• ट्रेण्डिङ्ग :
सुन तोलाको डेढ लाख नजिक पुग्यो, बनायो नयाँ रेकर्ड

सुन तोलाको डेढ लाख नजिक पुग्यो, बनायो नयाँ रेकर्ड


  • 4.4K
    SHARES
    • श्रावण २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सुन तोलाको डेढ लाख नजिक पुग्यो, बनायो नयाँ रेकर्ड

    काठमाडौं २ साउन । नेपाली बजारमा सुनको भाउले महिनाकाे दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

    images

    मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यो दिन चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको हो ।

     


    तेस्रो आँखा