• ट्रेण्डिङ्ग :
अधिवक्ता थापाविरुद्ध अख्तियारमा उजुरी

अधिवक्ता थापाविरुद्ध अख्तियारमा उजुरी


  • 3.0K
    SHARES
    • श्रावण ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    अधिवक्ता थापाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ, ३ साउन । अधिवक्ता लक्ष्मी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियारमा उजुरी परेको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ घर भएकी थापाले काठमाडौँ जिल्ला अदालत र सिन्धुपाल्चोक जिल्ला अदालतबाट दोहोरो सुविधा लिएको आरोप लागेको हो ।

    images

    प्रमाणपत्र नम्बर(१६८५१ )थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा।प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् ।

    काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।

    साउन १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरकर्ताले उजुरी दर्ता गराएका हुन् । अख्तियारमा सि(०००१९४)नम्बरमा उजुरी दर्ता भएको हो ।

    ‘किर्ते कागज तयार गरेर सार्वजनिक सम्पत्तिको लाभ लिएको’ आरोप लगाउँदै उजुरकर्ताले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बार काउन्सिललाई पनि बोधार्थ दिएका छन् ।


    तेस्रो आँखा