• ट्रेण्डिङ्ग :
खोलाले बगाउँदा मृत्यु

खोलाले बगाउँदा मृत्यु


  • 2.5K
    SHARES
    • श्रावण ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.9K Views

    खोलाले बगाउँदा मृत्यु

    रुकुमपश्चिम, ३ साउन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो । 

    images

    काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिनुभयो । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।

    सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् । बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षती पुगेको । 


    तेस्रो आँखा