• ट्रेण्डिङ्ग :
डोल्पामा १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

डोल्पामा १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने


  • 4.8K
    SHARES
    • श्रावण ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.3K Views

    डोल्पामा १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने

    काठमाडौँ, ३ साउन/ डोल्पाको शेफोक्सुण्डो गाउँपालिका ३ स्थित शेल सुम्दो गुम्बामा ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने भएको छ । मेलाका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन ।

    images

    भदौ १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने शेल सुम्दो गुम्बामा आयोजना गरिने उक्त मेलामा धार्मिक प्रवचनदेखि सांस्कृतिक कार्यक्रम, घोडा दौड लगायतका उपल्लो डोल्पाको जनजीवन झल्कने कार्यक्रम सञ्चालन हुने आयोजकले बताएको छ । मेलाको अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्यमा निशुल्क आँखा उपचार, शल्यक्रिया, स्वास्थ्योपचार लगायतका शिविर समेत राखिने अध्यक्ष गुरुङले बताए । 

    पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहेपनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्वपूर्ण गन्तव्य भएको बताए । उनले भने 'साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभुति हासिल गर्न सक्छन् ।'

    खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषालगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदिबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन् । ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिव १५ हजारभन्दा बढि मानिसहरको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । 

    ६७ औं १२ वर्षे शेल रीवो डुग्ड्रा (शे) मेला २०८ १ मुल आयोजक समिति र शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सह आयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागेका हुन । प्रचार प्रसार समितिका संयोजक तथा शे फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउँदै यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिल्ने बताए । 

    कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसदकी उप सभामुख इन्दिरा गुरुङले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न थप सहज हुने बताइन । कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्वका हिसावले मात्रै नभएर सांस्कृतिक हिसावले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । 

    SHEY MELA  (2).jpg
    undefined


    तेस्रो आँखा