• ट्रेण्डिङ्ग :
घरको छानोबाट खसेर एक जनाको मृत्यु 

घरको छानोबाट खसेर एक जनाको मृत्यु 


  • 3.4K
    SHARES
    • श्रावण ४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.3K Views

    घरको छानोबाट खसेर एक जनाको मृत्यु 

    सल्यान, ४ साउन । सल्यानमा घरको छानो मर्मत गर्ने क्रममा खसेर एकजनाको मृत्यु भएको छ । बागचौर नगरपालिका –१० का  खुमराज गिरीको पुरानो घरको छानो मर्मत गर्ने क्रममा खसेर मृत्यु भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशम बहादुर खत्रीका अनुसार बागचौर नगरपालिका –१० का ५२ बर्षीय तुलसीराम बुढाथोकीको मृत्यु भएको जानकारी दिनुभयो ।

    छानोबाट खसेर गम्भिर घाइते भएका बुढाथोकीलाई कर्णाली अस्पताल श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि बाँकेको मेडिकल कलेज कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

    शवको बिहीबार जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम पश्चात आफन्तले बुझेर लगेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा