• ट्रेण्डिङ्ग :
एमाले सांसदलाई बलात्कार मुद्दा : सापटी नतिर्दा बाहिरियो ‘कर्तुत’ (पीडितको अडियोसहित)

एमाले सांसदलाई बलात्कार मुद्दा : सापटी नतिर्दा बाहिरियो ‘कर्तुत’ (पीडितको अडियोसहित)


  • 26.2K
    SHARES
    • फाल्गुण ३, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 40.2K Views

    एमाले सांसदलाई बलात्कार मुद्दा : सापटी नतिर्दा बाहिरियो ‘कर्तुत’ (पीडितको अडियोसहित)

    काठमाडौं, ३ फागुन। एमाले सांसद मोहन बानियाँविरुद्ध गत माघ १९ गते बलात्कार मुद्दा दर्ता भयो। मुगुका सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जुम्लाकी एक महिलाले बाँके प्रहरीमा उजुरी दिएकी हुन्। आफूलाई फसाउने नियतका साथ ती महिलाले आफू विरुद्ध बलात्कार मुद्दा दर्ता गरेको तेस्रो आँखालाई जानकारी दिएका थिए। बानियाँ प्रतिनिधिसभा सदस्य हुन्। तर, पीडित महिलासँगको कुराकानीका क्रममा भने यो घटना २५ लाख रुपैयाँँसँग जोडिएको खुलेको छ। ती पीडित  महिलाकाअनुसार सांसद बानियाँले केही समय अघि सँगै व्यापार गर्ने भन्दै महिलासँग २५ लाख रुपैयाँ लिएका थिए।

    images
    पीडित महिलासँग तेस्रो आँखाकर्मी देवेन्द्र बस्नेतले गरेको अडियो कुराकानी  ।

    तर सांसद बानियाँले व्यवसाय गरेनन् अनि उक्त रकम पनि फिर्ता गरेनन्। यही रकम सांसद बानियाँले दिन नमानेपछि ती महिला ठगी मुद्दा दर्ता गर्ने निर्णयसम्म पुगिन्। तर उनलाई मुद्दा दर्ता नगर्न र रकम फिर्ता गरिदिने आश्वासन बानियाँले दिएका थिए। ‘पछि मलाई २५ लाखको चेक पनि दिनुभयो,’ ती महिलाले तेस्रो आँखासँगको कुराकानीका क्रममा भनिन् ‘तर बैंक खातामा रकम थिएन।’ यो चेक गत पुस ३० गतेको थियो। अनि ती महिलाले चेक बाउन्स गरिन्।

    गत १९ माघमा सांसद बानियाँले नेपालगञ्जमा पुगेर रकम दिने भन्दैै तीन महिलालाई नेपालगञ्ज जान प्रस्ताव गरे। तीन महिला उनै सांसदकै गाडीमा नेपालगञ्ज पुगिन्। त्यहाँ स्थित अप्सरा होटेलमा उनीहरु पुगे। ‘म दाई भाउजुको घरमा जान्छु भनेर भनेँ, तर उहाँले पैसाको कुरा हो , मिल्छ नजानुस् भनेर भन्नु भयो,’ ती महिलाले भनिन् ‘अर्को एक व्यक्तिसँग बसेर उहाँले त्यहाँ जाँड खान थाल्नु भयो, यो बेला सम्म रातीको झण्डै १० बजिसकेको थियो।’ उनकाअनुसार सांसद बानियाँले होटेलमा दुईवटा कोठा ‘बुक’ गरेका थिए।

    ती महिलाका अनुसार सांसद बानियाँ उनका साथीसँग फरक कोठामा सुते, भने ती महिला फरक कोठामा सुतिन्। तर बिहान ५ बजेतिर सांसद बानियाँ ‘पैसाको कुरा गरौँ’ भन्दै ती महिला भएको कोठामा प्रवेश गर्न खोजे । ती महिलाले पनि ढोका खोलिदिइन्। त्यस क्रममा सांसद बानियाँले आफूले औधी माया गर्ने भन्दै ती महिलामाथि जाइलागे। ‘म पीडित नै हुँ, यसमा कुनै शंका छैन,’ ती महिलाले भनिन् ‘म अपराधीलाई कानुनी कठ्घरामा जसरी पनि उभ्याउँछु।’ 


    तेस्रो आँखा