काठमाडौँ, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले रातोपाटीलाई सो जानकारी दिएका हुन् ।
यसअघि अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मतको प्रक्रिया टुङ्गाउने तयारी गरेका थिए । ‘मुख्यमन्त्रीज्यूले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुहुन्छ,’ ढकालले भने ।
