• ट्रेण्डिङ्ग :
सुर्खेतमा युनिसेफको कार्यालय स्थापना

सुर्खेतमा युनिसेफको कार्यालय स्थापना


  • 3.0K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.6K Views

    सुर्खेतमा युनिसेफको कार्यालय स्थापना

    सुर्खेत, ८ साउन/ नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस आकुङ्गाले कर्णालीमा स्वास्थ्य, पोषण, शिक्षा, बालविवाह, संरक्षणका मुद्दाहरू अझै पनि चिन्ताको विषय बनेको बताएकी छन् । युनिसेफको कर्णाली प्रदेशस्तरीय कार्यालय उद्घाटन गर्दै आकुङ्गाले कर्णालीको मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा बढी रहेको र पुड्कोपनाले बालबालिकाको ठूलो हिस्सालाई प्रभावित पारेको पनि बताइन् । उनले कर्णालीमा पूर्व प्राथमिक भर्ना दर न्यून हुनु तथा उच्च माध्यमिक कक्षाहरूमा विद्यालय छोड्ने दर उच्च रहनु पनि चिन्ताको विषय भएको बताइन् । उनले सुरक्षित खानेपानीमा न्यून पहुँच हुँदा जनस्वास्थ्यमा असर परिरहेको बताइन् ।

    images

    उनले विभिन्न खाले हिँसाले महिला तथा बालबालिकाको जीवनमा असर परिरहेको पनि बताइन् । ‘कर्णालीमा बालविवाह र लैङ्गिक हिंसा धेरै छ,’ उनले भनिन्, ‘यसलसले महिला तथा बालबालिकाको गुणस्तरीय जीवनमा असर पारिरहेको छ ।’ उनले गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भुकम्प गएको उल्लेख गर्दै कर्णाली प्रदेश पहिरो, खडेरी, भूकम्प, बाढी, हिमपात जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको बताइन् । ‘हामी सबै त्यो विनाशकारी भूकम्पको प्रभावबारे अवगतनै छौं,’ उनले भनिन्, ‘जुन प्रभावहरूको सामना गर्न हामी अझै पनि समुदायहरूमा प्रतिकार्य, पुनस्थापना तथा पुनर्निर्माणमा सहयोग गरिरहेका छौं ।’ उनले यस्ता विपद्हरूले कर्णालीका बालबालिका र परिवारहरूमा थप चुनौतीहरू बढाउनुको साथै जीविकोपार्जन र अत्यावश्यक सेवाहरूको पहुँचमा बाधा पु¥याएको बताइन् ।

    युनिसेफ प्रतिनिधि आकुङ्गाले आफ्ना कार्यक्रमलाई सरकारका नीति तथा योजनाहरूसँग निरन्तर समाहित गर्दै आइरहेको जानकारी गराइन् । ‘हाम्रा कार्यक्रमहरू सहयोगी मात्र नभई सबै तहका सरकारसँगको सहकार्य र साझेदारीमा अगाडि बढाउने कुरालाई सुनिश्चित गरेको छ,’ उनले भनिन्, ‘हाम्रा प्रयासहरू विश्वव्यापी दिगो विकास लक्ष्य, २०३० अन्तर्गत नेपाल सरकारले निर्धारण गरेका लक्ष्यहरू हासिल गर्न सहयोगीसिद्ध हुने दिशामा केन्द्रीत छन् ।’ आकुङ्गाले भूकम्पपछि युनिसेफ अझ नजिक आउनुपर्छ भन्ने समुदायको अनुरोध र सुझावका आधारमा कर्णालीमा कार्यालय स्थापना गरिएको बताइन् । ‘जाजरकोट, रुकुम पश्चिमजस्ता ठाउँहरूको भ्रमणका क्रममा मैले समुदायका सदस्य र स्थानीय अगुवाबाट युनिसेफ अझ नजिक आउनुपर्छ भन्ने अनुरोध र सुझाव बारम्बार सुनेँ,’ उनले भनिन्, त्यसैले हामीले उहाँहरूको सुझाव मनन गर्यौं र सुर्खेतमा कर्णाली प्रदेश कार्यालय स्थापना गर्ने निर्यण ग¥यौं ।’

    उनले कर्णालीमा सेवा गरिरहेका बालबालिका र परिवारसँग युनिसेफ निकटता बढाउने प्रतिबद्धता जनाइन् । ‘नजिक हुनुको अर्थ हामी आपतकालीन अवस्थामा अझ बढी छिटो र छरीतोसँग प्रतिकार्यमा प्रदेश, स्थानीय सरकार र साझेदार संस्थाहरूसँग हातेमालो गर्न, स्थानीय आवश्यकताहरू पूरा गर्न, कार्यक्रमहरू अझ प्रभावकारी तरिकाले योजना तयार गर्न र कार्यान्वयन गर्नका साथै समुदायहरूसँग बलियो सम्बन्ध निर्माण गर्न सक्छौं,’ उनले भनिन्, ‘यसको अर्थ कर्णाली प्रदेशका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सर्वाङ्गीण विकासमा सुधार ल्याउन हाम्रो प्रयासमा अझ प्रभावकारी हुन सक्छौं ।’

    आकुङ्गाले सन् १९६० को दशकमा नेपालमा आफ्नो कार्यक्रमहरू कार्यान्वयन गर्न शुरु गरेदेखिनै युनिसेफको मुख्य उद्देश्य कुनै पनि बालबालिका जो सुकै वा जुन कुनै क्षेत्रको भए पनि पछाडि नपरून भन्ने रहि आएको बताइन् । ‘हामीले विगतका दशकहरूमा देशैभरि खासगरी सबैभन्दा दुर्गम क्षेत्रहरूका र पहुँच नपुगेका बालबालिका वा परिवारहरूसम्म सेवा पु¥याउन हाम्रो कार्यक्रमको विस्तार गर्दै आइरहेका छौं,’ उनले भनिन्, ‘कर्णाली प्रदेश एक प्राकृतिक सौन्दर्यले मनमोहक भइकन पनि विकटताको एक पर्यायको रूपमा परिचित छ, दशकौंको पहलको फलस्वरूप विकासमा उल्लेखनीय फड्को मारेको भए तापनि यस प्रदेशले अझै पनि महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ, जसले गर्दा कर्णालीका बालबालिका तथा किशोर–किशोरीहरूको समग्र विकास र उज्जवल भविष्यको सम्भावनालाई असर गरिरहेको छ ।’


    तेस्रो आँखा