कालिकोट, ८ साउन/ कालिकोटको पचालझरना गाउँपालिका-९ स्थित तिखाली भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ। पचालझरना गाउँपालिका वडा नम्बर-९ का ६६ वर्षीय धिरबहादुर शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो १ बजेको समयमा नजिकैको पानी कुलोमा कामगर्ने क्रममा लडेर घाइते भएका शाहीको उपचारको लागि अस्पताल लैजाने क्रममा रास्कोटमा मृत्युु भएको बताईएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
