• ट्रेण्डिङ्ग :
नारायणगढ-मुग्लिङ खण्डमा ट्रक जुध्दा दुवै चालकको मृत्यु

नारायणगढ-मुग्लिङ खण्डमा ट्रक जुध्दा दुवै चालकको मृत्यु


  • 6.2K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 9.5K Views

    नारायणगढ-मुग्लिङ खण्डमा ट्रक जुध्दा दुवै चालकको मृत्यु

    काठमाडौं, ११ साउन । चितवनस्थित नारायणगढ-मुग्लिङ सडकखण्डमा दुई ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

    images

    नारायणगढबाट मुग्लिन आउँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट जाँदै गरेको डीडीओ वान् एल नाइन वन् सिक्स वान् नम्बारको भारतीय ट्रक शुक्रबार बिहान ६ १० मा भतेरी जङ्गलमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार कन्टेनर चालक पर्साको वीरगञ्ज महानगरपालिका २४ का ३३ का प्रमोद पटेल र भारतीय ट्रकका चालक उत्तर प्रदेशका २४ का हेहताव आलमको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । दुवैलाई अस्पतालले मृत घोषणा गरेको हो ।

    दुर्घटनामा घाइते भारत गोरखपुरका २२ वर्षीय सावन अहमदको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा