काठमाडौँ, फागुन ५ । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन दुइ दिन पछि सरेको छ । कांग्रेस निर्वाचन समितिले अधिवेशन हुन बँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरेको हो ।
यसअघी यी जिल्लाहरुको अधिवेशन फागुन १३ मा हुने भनिएको थियो । बारको सम्मेलन चलिरहेको र नेता महेन्द्र नारायण निधिको जन्मजयन्ती परेकाले अधिवेशन सारिएको समितिले जनाएको छ ।
यसैगरि अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको वडा र पालिकाको अधिवेशन फागुन १० गते गरिसक्ने निर्णय पनि समितिले गरेको छ ।
