• ट्रेण्डिङ्ग :
मौसम खरावी भएपछि खेतमा हेलिकोप्टर अवतरण

मौसम खरावी भएपछि खेतमा हेलिकोप्टर अवतरण


  • 7.6K
    SHARES
    • श्रावण १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 11.6K Views

    मौसम खरावी भएपछि खेतमा हेलिकोप्टर अवतरण

    सुर्खेत, १६ साउन/ डोल्पाबाट विरामी बोकेर बाँकेको नेपालगञ्ज जाँदै गरेको नेपाली सेनाको हेलिकोप्टर खराव मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ ।

    images

    लेक लागेर विरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो । बाटोमै मौसम खरावी भएपछि लेकवेशी नगरपालिका–६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

    हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो । मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइपु¥याइएको छ । विरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा