• ट्रेण्डिङ्ग :
अपांग समाज सुधार केन्द्रको १६ औं बार्षिकोत्सव तथा सधारणसभा

अपांग समाज सुधार केन्द्रको १६ औं बार्षिकोत्सव तथा सधारणसभा


  • 4.9K
    SHARES
    • श्रावण १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 7.5K Views

    अपांग समाज सुधार केन्द्रको १६ औं बार्षिकोत्सव तथा सधारणसभा

    तुलसीपुर, १७ साउन । अपांग समाज सुधार केन्द्रको १६ औं बार्षिकोत्सव तथा सधारणसभा सम्पन्न भएको छ । साधारणसभा कार्यक्रमका अध्यक्ष इश्वरी प्रसाद खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं। २ का वडाध्यक्ष भिम बहादुर योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

    images

    संस्थाका संस्थापक उपाध्यक्ष खेन्टु गिरीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि भिम बहादुर योगीले तपाईहरु अपांगता भएकै कारण कसैले नराम्रो व्यवहार गरेमा, हिंसा गरेमा कानुनी कानुनी कार्वाहीमा कसैले छुट नपाउने बताउनु भयो । उहाँले अपांगतालाई छुट्याइएको हरेक कोटा र आरक्षण कोटामा पहुँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्दै आफू अपांगता भएकै कारण कुनै काम गर्न नसकेमा सहयोग मागेमा व्यक्तिगत तथा वडाको हैसियतले सहयोग गर्ने प्रतिबद्धता राख्नुभएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी दाङ शाखा तुलसीपुरको सभाहलमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथि गेहेन्द्र बहादुर डाँगीले अपांगतालाई सेवा प्रवाहमा प्रत्यक्ष पहुँच पुर्‍याउने बताउँदै हरेक नगरपालिकाबाट हुने कार्यमा समन्वय र सहकार्य गरि अपांगतालाई बढि आरक्षण दिनको लागि आफुले गर्न सक्ने र सरकारी कार्यालयकोतर्फबाट सहयोग गर्ने बताउनुभयो । अपांगता भएता पनि आँट, सक्षमता र गर्न सक्ने तत्परता देख्दा अत्यन्तै खुसि लाग्छ र नगरपालिकाबाट हुने कार्यलाई छिटो छरितो गर्ने प्रतिबद्धता राख्नु भएको थियो ।

    कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन अपांग समाज सुधार केन्द्रका कोषाध्यक्ष रामप्रसाद चौधरीले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको वार्षिक प्रगति विवरण संस्थाका महासचिव दोलक बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अपांग समाज सुधार केनद्रका संस्थापक अध्यक्ष हुमाकान्त कँडेल, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमप्रकाश न्यौपाने, प्रहरी नायव निरीक्षक दामप्रसाद श्रेष्ठ,  अपांगता मानव अधिकार केन्द्रीय सचिव देवका खनाललगायतकाले बाल्नु भएको थियो ।  


    कार्यक्रममा संस्थाले सुशिल प्रसाद खड्का, शान्ता पन्थी, यमकुमारी चौधरी, वर्षा थापा, माया भण्डारीलाई आजीवन सदस्यता प्रदान गरेको थियो । उक्त कार्यक्रमको सहजीकण संस्थाका महासचिव दोलक बहादुर खत्रीले गर्नुभएको थियो ।

  • सम्बन्धित विषय:

  • # रुपा थापा

  • तेस्रो आँखा