• ट्रेण्डिङ्ग :
कांग्रेसले मुख्यमन्त्रीलाई बुझायो कर्णाली सरकारमा जाने ४ मन्त्रीको नाम

कांग्रेसले मुख्यमन्त्रीलाई बुझायो कर्णाली सरकारमा जाने ४ मन्त्रीको नाम


  • 4.4K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    कांग्रेसले मुख्यमन्त्रीलाई बुझायो कर्णाली सरकारमा जाने ४ मन्त्रीको नाम

    सुर्खेत, १८ साउन । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ ।

    images

    कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर विष्टले मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीको नाम दिएका हुन् ।

    प्रमुख सचेतक विष्टका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम पठाइएको छ ।

    ‘हामीले दलको तर्फबाट भरखरै मुख्यमन्त्रीज्यूलाई नाम पठाएका छौं, प्रमुख सचेतक विष्टले अनलाइनखबरसँग भने ।

    केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि कर्णालीमा कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको हो ।

    आठ सदस्यीय प्रदेश मन्त्रीपरिषदमा एमालेबाट एक मुख्यमन्त्री तथा दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् ।


    तेस्रो आँखा