• ट्रेण्डिङ्ग :
काठमाडौं आउँदै गरेको माइक्रोमाथि खस्यो पहिरो

काठमाडौं आउँदै गरेको माइक्रोमाथि खस्यो पहिरो


  • 4.5K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.9K Views

    काठमाडौं आउँदै गरेको माइक्रोमाथि खस्यो पहिरो

    काठमाडौं, २१ साउन । धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ००६ ख ६५१२ नम्बरको माइक्रो पहिरोमा परेको छ । पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको बांगेमोडमा माथिबाट पहिरोसँगै खसेको रुखले च्यापिएको हो ।

    images

    अहिले माइक्रो पहिरोबाट निकालिएको जनाइएको छ । गुडिरहेको माइक्रोमा एक्कासि पहिरो खसेको माइक्रोका चालकले बताएका छन् । उनकाअनुसार माइक्रोमा १५ जना यात्रु रहेका थिए । जसमध्ये केही घाइते छन् ।

    सबै घाइतेको अवस्था सामान्य नै रहेको छ । प्रहरीले पहिरोबाट माइक्रो निकालिसकेको छ भने दुईतर्फी नै अवरुद्ध रहेको पृथ्वीराजमार्ग केही बेरपछि खुल्ने जनाइएको छ ।


    तेस्रो आँखा