• ट्रेण्डिङ्ग :
सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन


  • 2.8K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन

    काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै सडक भासिएपछि मेयर बालेन शाहले खोलामाथि घर र बाटो बनाउन नहुने बताएका छन ।

    images

    गएराती टुकुचामाथि बनाइएको सडक भासिएको थियो । उनले खोला मिचेर घर र सडक बनाइएको बताए । बालेनले खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्– ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’

    मेयर बालेनले केही समयअघि खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरु गरेको बताउँदै त्यसमा अदालतका कारण रोकिनु परेको लेखेका छन् ।

    अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको उनले बताएका छन ।

    उनले सरकारले चाँडो भन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने बताए । यस पश्चात् खोला खोल्ने काम महानगरले अगाडि बढाउने मेयर बालेनले बताएका छन् ।


    तेस्रो आँखा