• ट्रेण्डिङ्ग :
तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से परिसूचक

तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से परिसूचक


  • 3.2K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.9K Views

    तीन हजार बिन्दुबाट ओरालो लाग्यो नेप्से परिसूचक

    काठमाडौँ, २ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको हो ।

    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६५ अङ्कले ओरालो लागेर पाँच सय २८ दशमलव ८५ मा सीमित भएको छ । नेप्सेका अनुसार आज कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयर रु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । राष्ट्रिय बीमा कम्पन, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टीप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले नौ दशमलव ९३ प्रतिशतले कमाएका छन् ।

    नेपाल फाइनान्स १०, सगरमाथा जलविद्युत् कम्पनी आठ दशमलव ५२, न्यादी हाइड्रोपावर आठ दशमलव ४६, शुभम पावर सात दशमलव ७४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले सात दशमलव ५८ प्रतिशतले गुमाएका छन् । 


    तेस्रो आँखा