• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलाको १ लाख ५३ हजार

सुनको मूल्य तोलाको १ लाख ५३ हजार


  • 2.9K
    SHARES
    • भाद्र ५, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्य तोलाको १ लाख ५३ हजार

    काठमाडौं, ५ भदौ । नेपाली बजारमा आज (बुधबाार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । दुई दिन घटेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    images

    यसदिन सुनको मूल्य एकैपटक तोलामा ८ सय रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।

    अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।

    चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कायम भएको छ । मंगलबार यसको मूल्य प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा