• ट्रेण्डिङ्ग :
चंखेली जिप दुर्घटना : घाईते मध्ये एक जनाको मृत्यु

चंखेली जिप दुर्घटना : घाईते मध्ये एक जनाको मृत्यु


  • 3.8K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.8K Views

    चंखेली जिप दुर्घटना : घाईते मध्ये एक जनाको  मृत्यु

    सुर्खेत, ६ भदौ  । हुम्लाको चंखेली गाउँपालिका–२ गौरीसल्लामा भएको जिप दुर्घटनाका घाइते मध्ये एक जनाको मृत्यु भएको छ । २४ वर्षीय रमेश मल्लको उपचारका क्रममा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    बुधबार बिहान गौरीसल्लामा भएको जिप दुर्घटनाका गम्भीर घाइते चार जनालाई सिम्रिक एयरको हेलिकप्टोरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप दुर्घटना भएको थियो । 

    दुर्घटनामा घाइते भएका ७ जनामध्ये चंखेली गाउँपालिका–२, सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र छायानाथ रारा नगरपालिका–१३, का रमेश मल्ल, र पृथ्वी रावतलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो । मृतक रावल जिपका मालिक हुन् ।


    तेस्रो आँखा