• ट्रेण्डिङ्ग :
प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण


  • 2.7K
    SHARES
    • भाद्र ६, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    प्रदेश प्रमुख देवकोटाद्वारा विधेयक प्रमाणीकरण

    मकवानपुर, ६ भदौ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशसभाबाट पारित भई आएको ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन तथा विकास कोष ऐन, २०८१’ लाई प्रमाणीकरण गर्नुभएको छ । 

    images

    प्रदेशसभाबाट पारित भई आएको उक्त विधेयकलाई प्रदेश प्रमुख देवकोटाले आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गाविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । 

    केही दिनअघि प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी प्रदेश प्रमुखको सचिवालयमा पठाउनुभएको थियो । 


    तेस्रो आँखा