• ट्रेण्डिङ्ग :
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


  • 2.4K
    SHARES
    • भाद्र १०, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

    आज २०८१ साल भदौ १० गते सोमबार सन् २०२४ अगष्ट २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा पुगेको छ।

    युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा पुगेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

     

     


    तेस्रो आँखा