काठमाण्डौं, १३ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठक शुक्रबार (भाृेली) बिहान १० बजे बस्ने भएको छ । बैठक काठमाण्डौको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्ने तय भएको छ । बैठकको उद्घाटन अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नेछन् ।
बैठकमा नेता पशुपति शमशेर जबरालगायतका पूर्वअध्यक्षहरु, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र अन्य नेताहरुले भाग लिनेछन । राप्रपा पार्टीको सल्लाहकारहरुको यो बैठक ३४ पछि पहिलो पटक बस्न लागेको हो ।
विविध विषयहरुमा छलफल गरिने गरि बस्ने बैठकमा सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
