• ट्रेण्डिङ्ग :
प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस


  • 3.4K
    SHARES
    • भाद्र १६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    प्रदेश प्रमुख खापुङ्ग समक्ष प्रतिवेदन पेस

    मोरङ, १६ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०.८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ ।

    images

    प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । 

    सो अवसरमा  प्रदेश प्रमुख खापुङ्गले  आयोगले निष्पक्ष रुपमा कर्मचारी छनौट र सिफारिस गरेको बताउनुभयो । उहाँले  मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निष्पक्षतामा देखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “आयोगले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गर्दा प्रदेशको मोरङ जिल्ला बाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बन्न आवश्यक छ ।”

    आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिनुभयो । यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तहतर्फ १४, आन्तरिक अन्तर सेवातर्फ चार गरी जम्मा ३५०  का लागि विज्ञापन प्रकाशन गरिएको थियो । साथै वढुवातर्फ ११४ पदका लागि सूचना प्रकाशन गरेको  उहाँले जानकारी दिनुभयो । 


    तेस्रो आँखा