• ट्रेण्डिङ्ग :
चुनावमा 'सिंगल-सिंगल' भिड्न गठबन्धनमा रहेका दलहरुलाई एमाले अध्यक्ष ओलीको चुनौती

चुनावमा 'सिंगल-सिंगल' भिड्न गठबन्धनमा रहेका दलहरुलाई एमाले अध्यक्ष ओलीको चुनौती


  • 6.1K
    SHARES
    • मंसिर १, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    चुनावमा 'सिंगल-सिंगल' भिड्न गठबन्धनमा रहेका दलहरुलाई एमाले अध्यक्ष ओलीको चुनौती


    बाँके, मंसिर १ । 

    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धनबिना आउन चुनौती दिनुभएको छ ।

    बाँकेमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनमा रहेका सबै दललाई एक्ला एक्लै एमालेसँग भिड्न चुनौती दिनुभएकाे हाे ।

    यस्तै, उहाँले एमाले आगामी निर्वाचनबाट बहुमतका साथ प्रमुख दल बन्ने र सरकारको नेतृत्व एमालेले नै गर्ने दाबी गर्नुभयो ।

    ‘अब चुनावमा हामी बहुमतका साथ सबैभन्दा ठूलो पार्टी बन्छौँ,’ ओलीले भन्नुभयो- ‘हामीले एकल बहुमतका साथ एकल सरकारको नेतृत्व गर्ने छौँ ।’

    ओलीले एमालेबाहेक अन्य सबै पार्टीलाई सिद्धान्तविहीन पार्टीका रूपमा अर्थ्याउनुभयो । अन्य दलहरु विचारविहीनताको अवस्थामा जवरजस्ती चलेको समेत उहाँको भनाइ छ ।


    तेस्रो आँखा