• ट्रेण्डिङ्ग :
पहिरो पीडित परियारलाई आर्थिक सहयोग

पहिरो पीडित परियारलाई आर्थिक सहयोग


  • 6.8K
    SHARES
    • भाद्र १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 10.4K Views

    पहिरो पीडित परियारलाई आर्थिक सहयोग

    दाङ, १७ भदौ । दाङ भ्याली यातायात प्रालिले प्राकृतिक बिपत्त पहिरोबाट पीडित हुनुभएका आफ्ना ब्यवसायीलाई आर्थिक सहयोग गरेको छ । दाङ भ्याली यातायात प्रालिमा आबद्ध ब्यवसायी सोमराज परियारलाई संस्था र ब्यवसायीहरुबाट उठेको रु १० हजार ६ सय आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको हो ।

    images

    सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले बिपत्तको घडीमा घाउमा मलम लगाउने काम संस्थाले गरेको बताउनुभयो । संस्थाले बिभिन्न समयमा यि यस्ता सहयोगका कामहरु गर्दै पनि आएको उहाँले स्मरण गराउनुभयो ।

    गत भदौ ३ गते बिहान करिब ३ बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं २ दल्लीडाँडा गाउँ स्थित पहिरोमा परी यातायात ब्यबसायी सोमराज परियारका बुवा लाल बहादुर परियार,आमा मनिषा परियार र २ वर्षिय भाई शुभम परियारले ज्यान गुमाएका थिए ।  मृतक तिनै जना सुतिरहेको अवस्थामा माथिबाट आएको पहिरो उनीहरु तिनै जनालाई पुरेको थियो ।


    तेस्रो आँखा