• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा एक सयले घट्यो

सुनको मूल्य तोलामा एक सयले घट्यो


  • 2.6K
    SHARES
    • भाद्र २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    सुनको मूल्य तोलामा एक सयले घट्यो

    काठमाडौँ, २७ भदौ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

    यस्तै चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 


    तेस्रो आँखा