• ट्रेण्डिङ्ग :
कोशी सरकारमा गए कांग्रेस, चार मन्त्रीले लिए शपथ

कोशी सरकारमा गए कांग्रेस, चार मन्त्रीले लिए शपथ


  • 3.6K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    कोशी सरकारमा गए कांग्रेस, चार मन्त्रीले लिए शपथ

    काठमाडौं, २८ भदौ । हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार बिहान नवनियुक्त कांग्रेसका ४ मन्त्रीले शपथ लिएसँगै सरकारले पूर्णता पाएको हो ।

    images

    प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । कांग्रेस प्रदेश महामन्त्रीसमेत रहनुभएका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।

    खोटाङका राई भौतिक पूर्वाधारमन्त्री बनेका हुन् भने सुनसरीका सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र ताप्लेजुङका खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त हुनुभएको छ । भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशी नियुक्त हुनुभएको हो ।

    कांग्रेस शेखर समूहबिना सरकारमा सहभागी भएको हो । अब कोशीमा २ राज्यमन्त्रीसहित एमाले-कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।457367131_501031649352256_3536798105933756165_n.jpg


    तेस्रो आँखा