• ट्रेण्डिङ्ग :
पार्टी कार्यकर्तालाई मुख्यमन्त्रीको निर्देशन: योजना खोज्दै हिड्ने होइन, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस,

पार्टी कार्यकर्तालाई मुख्यमन्त्रीको निर्देशन: योजना खोज्दै हिड्ने होइन, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस,


  • 3.1K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    पार्टी कार्यकर्तालाई मुख्यमन्त्रीको निर्देशन: योजना खोज्दै हिड्ने होइन, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस,

    दाङ, २८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएको अभियानलाई  जनता माझ पुर्‍याउन पार्टी पंक्तिलाइ निर्देशन दिनु भएको छ । 

    images

    नेकपा एमाले बिजयनगर गाउँपालिका कमिटी कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल गर्न कठोर भएर अघि बढेको बताउनु भएको हो ।ञएक पटक मुख्यमन्त्री भएपछी आजिवन राज्यबाट सेवासुविधा लिने निर्णयलाई उल्टाएका छौंझउहाँले भन्नुभयो । प्रदेश सरकारले गरेको ताकेताबाट एक जनाले गाडी फिर्ता गर्नुभयो, अर्को गाडी फिर्ता हुने अवस्थामा छ । उहाँले फिर्ता नगरे प्रहरी लगाएर पनि फिर्ता गराउछौं ।झ 

    योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनका बिरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताउनु भयो । पाँच लाख भन्दा माथिका योजनालाइ प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको स्पष्ट पार्नु भएको हो ।ञयो बर्ष लगेका फाइल पढ्न बाहेक, बजेट हाल्न सक्दिन । प्रदेश सरकारले असार १ गते बजेट ल्याउछ । यस बर्षको बजेट आइसकेको छझउहाँले भन्नुभयो। झछुटेका योजनालाई अर्को बर्ष समेट्छौं । परेको बजेटलाई सहि ढंगले सदुपयोग गरे विकासले फड्को मार्छ । खेति गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताहरुले अंगालेर उदाहरण दिन आह्वान गर्नु भयो । 

    हरेक नागरिक आत्मनिर्भर नहुदा सम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जोडिन आह्वान गर्नु भयो । कृषि गर्ने पेशा कमजोर हो भन्ने चिन्तनले अहिले समस्या निम्त्यायो । छोरा छोरीलाइ घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथा जस्तो लाग्न थाल्योझउहाँले भन्नुभयो। पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधि संग जोडेर युवाहरुलाइ लैजान सकिन्छ । यता पनि ध्यान दिनुपर्ने छ । 

    पार्टी अध्यक्ष थर्कबहादुर खन्गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीला न्यौपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गर्नु भएको छ । अधिवेशन उद्घाटन कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष बावुराम खनाल, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, पूर्व अध्यक्ष डम्बर शर्मा लगायतले सम्बोधन गर्नु भएको थियो । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्यागगरि एमालेमा प्रवेश गरेकाहरुलाइ मुख्यमन्त्री आचार्यले स्वागत समेत गर्नु भएको थियो ।

    bd5f2f4e-b9e8-4bea-8f97-a745ce856326.jpeg


    तेस्रो आँखा