• ट्रेण्डिङ्ग :
प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने

प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने


  • 2.7K
    SHARES
    • आश्विन १, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    प्रविधि, पूर्वाधार र जनशक्तिमा लगानी वृद्धि गरिने

    काठमाडौँ, १ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि प्रविधि, पूर्वाधार, जनशक्तिको विकास गर्न मन्त्रालयले आवश्यक लगानी क्रमिक रूपमा वृद्धि गर्ने  बताउनुभएको छ । 

    images

    बल्खुस्थित कृषि तथा तरकारी बजारको १३औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कृषि उपजको  बढ्दो आयात घटाउन उत्पादन वृद्धि अपरिहार्य भएको बताउनुभयो । साथै उहाँले कृषि क्षेत्रमा समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

    आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले तल्लो तहका किसानको हित संरक्षणका लागि हरसम्भव प्रयत्न गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले मानव स्वास्थ्यमा प्रभाव पार्ने विषादी प्रयोग नगरी बाली लगाउन किसानलाई आग्रह गर्नुभयो ।

    काठमाडौँ महानगरपालिका– १४ वडाध्यक्ष सुमन श्रेष्ठले बिचौलियका कारण वास्तविक किसानले आफ्ना उत्पादनको मूल्य नपाएका बताउनुभयो । कृषि बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले कृषि क्षेत्रको विकासबाट नै आर्थिक उन्नयनमा टेवा पुग्ने भएकाले किसानलाई अनुदान दिएर उत्पादन बढाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।


    तेस्रो आँखा