• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा आठ सयले घट्यो

सुनको मूल्य तोलामा आठ सयले घट्यो


  • 3.9K
    SHARES
    • आश्विन ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    सुनको मूल्य तोलामा आठ सयले घट्यो

    काठमाडौँ, ३ असोज । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।


    तेस्रो आँखा