• ट्रेण्डिङ्ग :
कुमाख गाउँपालिकालाई ध्यानाकर्षण पत्र

कुमाख गाउँपालिकालाई ध्यानाकर्षण पत्र


  • 6.6K
    SHARES
    • आश्विन ३, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 10.1K Views

    कुमाख गाउँपालिकालाई ध्यानाकर्षण पत्र

    सल्यान ३ असोज । सल्यानको कुमाख गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । कुमाख गाउँपालिकामा असफलताको संकेत देखा परेको भन्दै ध्यानाकर्षण पत्र मार्फत कुमाख गाउँपालिका वडा नं। ६ का युवराज खड्काले सेवा प्रवाह र विकास निर्माणका  गतिविधिहरुले अपेक्षित परिमाण हासिल गर्न नसकेको र गतिशीलतामा ह्रास पैदा भएको भन्दै गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी र उपाध्यक्ष लालबहादुर रावतलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन्  ।  

    images

    ध्यानाकर्षण पत्रमा जनजिविका, सार्वजनिक सेवाप्रवाह, दैनिक कार्यसम्पादन, शुसासन तथा जवाफदेहिता जस्ता महत्त्वपूर्ण शासन व्यवस्थाहरुलाई बेवास्ता गरेको भन्दै त्यसो नगर्न आग्रह गरिएको छ । 


    त्यसैगरी समुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न, राष्ट्रिय युवा नीति २०७२ तथा यस अन्तर्गतका कानूनहरु कार्यन्वायनको सन्दर्भमा कुमाख गाउँपालिकाले ध्यान नदिएको जस्ता बिषयहरु पत्रमा समावेश गरिएको छ । जनताको प्रतिनिधित्व भएको भनिन् शासन व्यवस्थालाई कमजोर बनाएको छ । संविधानको भावना तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यावहारिक कार्यन्वयन नहुँदा कुमाख गाउँपालिकाले समावेशी विकासको चरित्रलाई आत्मसात गर्न सकेको छैन ।  राज्यले नागरिक प्रति राज्यको दायित्व बोधका साथ कार्य गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख  गरिएको थियो ।

    नेपालीको संविधान २०७२, राष्ट्रिय युवा नीति २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ जस्ता कानुनको कार्यान्वयन गर्नुपर्ने, सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा नियमित अनुगमन, सुपरिवेक्षण, निर्देशन तथा कार्वाही जस्ता गतिविधिलाई कार्यान्वयन गर्नुपर्ने, नियमित, सरल, सहज रुपमा आम नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यन्वयनतर्फ  अगाडि बढन आग्रसर रहनुपर्ने, जस्ता कार्यमा खड्काले सरकारको ध्यानाकर्षण गराएका थिए ।  उठान गरिएका बिषयवस्तुहरुको बेवास्ता गरेमा नागरिक स्तरबाट संघर्षका कार्यक्रम गरिने र त्यसबाट पर्ने असर प्रति पालिका जिम्मेवारी रहनुपर्ने ध्यानाकर्षणपत्रमा भनिएको छ ।


    तेस्रो आँखा