• ट्रेण्डिङ्ग :
सेयर बजारमा दोहोरो अंकको बृद्धि

सेयर बजारमा दोहोरो अंकको बृद्धि


  • 2.5K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    सेयर बजारमा दोहोरो अंकको बृद्धि

    काठमाडौं ६ असोज । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो ।

    images

    बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ : २७ बजे  २५७० अंकसम्म झरेको थियो । त्यसपछि बजार केही सम्हालियो ।
    १३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । बजार पूँजीकरणका आधारमा यो समूह सबैभन्दा शक्तिशाली रहेकाले यसले समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ ।

    विकास बैंक ०.६६, हाइड्रोपावर ०.३१, लगानी ०.६२, जीवन बीमा ०.२४, निर्जीवन बीमा ०.४७, अन्य ०.४१ र व्यापार ०.०७ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.१८, उत्पादन ०.१९, होटल तथा पर्यटन ०.६१ र फाइनान्स समूह ०.१७ प्रतिशत घटे । इस्टर्न हाइड्रोपावर तथा अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सयपत्रि हाइड्रोपावरको ८.३, स्टान्डर्ड चार्टड बैंकको ३.९७, मध्यभोटेकोशीको ३.८ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य ८.६ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ७.४ तथा साहस ऊर्जाको ४।२ प्रतिशत मूल्य घटेको छ ।

    कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।


    तेस्रो आँखा