• ट्रेण्डिङ्ग :
सहुलियत पसलबाट २ सय क्विन्टल चामल विक्रि गर्ने लक्ष्य

सहुलियत पसलबाट २ सय क्विन्टल चामल विक्रि गर्ने लक्ष्य


  • 4.0K
    SHARES
    • आश्विन ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 6.1K Views

    सहुलियत पसलबाट २ सय क्विन्टल चामल विक्रि गर्ने लक्ष्य

    तुलसीपुर, ८ असोज । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड कार्यालय तुलसीपुर शाखाले सहुलियत पसल सञ्चालन गरेको छ । नेपालीहरु महान चाड वडादसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सहुलितय पसल असोज ६ गतेदेखि सञ्चालनमा ल्याएको खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड तुलसीपुरका कार्यालय प्रमुख तिलक सुनारले तेस्रो आँखालाई जानकारी दिनुभयो । उहाँकाअनुसार असोज ६ गतेदेखि माघ २ सम्म सहुलियत पसलबाट चामल बिक्रि गरिने छ ।

    images

    खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले उपभोक्ताको हितलाई ध्यानमा राख्दै अतिआवश्यक खाद्य तथा उपभोग वस्तुहरु उपलब्ध गराउन चाडपर्व अवधिभर यस्ता साहुलियत पसल सञ्चालनमा ल्याउने गरेको छ । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको छ ।

    यो आर्थिक वर्षमा सहुलियत पसलबाट २ सय क्विन्टल चामल बिक्रि गर्ने लक्ष्य रहेको प्रमुख सुनारले तेस्रो आँखालाई जानकारी दिनुभयो । बिक्रि गर्ने चामलमा प्रति केजी ५ रुपैँया छुट दिइएको छ । यो वर्ष सहुलियतमा दुई प्रकारका चामल राखिएको छ । यो वर्ष स्टिम जिरा मसिनो चामल छुटपछिप्रति बोरा २ हजार १ सय २५ र सोना मन्सुली चामलको छुटपछि १५ सय रुपैँयामा बिक्रि भइरहेको छ ।

    WhatsApp Image 2024-09-24 at 12.20.13 PM (1).jpeg

    सहुलियत पसल मुख्यतया तुलसीपुरका स्थानीय बासिन्दालाई लक्षित गरिएको छ । तर चामल लिन आउँने सबै ग्राहकहरुलाई सहुलियतमा चामल दिँदै आएको प्रमुख सुनारले बताउनुभयो । उहाँकाअनुसार तुलसीपुर, शान्तिनगर, बबई, दंगीशरण, सल्यानलगायत ठाउँबाट ग्राहकहरु चामल लिन आउँने गरेका छन् । यसैबीच खाद्य व्यवस्था कार्यालय तुलसीपुरले गत आर्थिक वर्षमा एकसय क्विन्टल बिक्रि गर्ने लक्ष्य राखेको थियो । जसमा सतप्रतिशत चामल बिक्रि भएको थियो । तोकिएको अवधिभन्दा पहिले नै सहुलियत चामल विक्रि भएको प्रमुख सुनारले तेस्रो आँखालाई जानकारी दिनुभयो ।

    सहुलियत पसलबाट नियन्त्रण र गुणस्तरीय कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा चामल लगायत खाद्य जन्य वस्तु उपल्बध गराउने उदेश्य सरकारले राखेको छ । चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक बर्ष साहुलियत मुल्य पसल सञ्चालन गर्दै आएको छ ।

    WhatsApp Image 2024-09-24 at 12.20.13 PM (2).jpeg


    तेस्रो आँखा