• ट्रेण्डिङ्ग :
सुनको मूल्य हाल सम्मकै उच्च

सुनको मूल्य हाल सम्मकै उच्च


  • 4.9K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.5K Views

    सुनको मूल्य हाल सम्मकै उच्च

    काठमाडौं, ९ असोज । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बुधबार) नयाँ कीर्तिमान बनाएको हो ।

    images

    यो दिन सुनको मूल्य ७ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम थियो ।

    यो दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ थियो ।


    तेस्रो आँखा