• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान


  • 2.3K
    SHARES
    • आश्विन १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.5K Views

    सुनको मूल्यमा नयाँ कीर्तिमान

    काठमाडौँ १० असोज । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    images

    अघिल्लो दिन बुधबारबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । 

    यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ७७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो । 

     


    तेस्रो आँखा