• ट्रेण्डिङ्ग :
राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने

राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने


  • 3.5K
    SHARES
    • आश्विन १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.4K Views

    राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने

    दाङ १० असोज । राप्ती गाउँपालिकाले सबै भन्दा बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार धान उत्पादक किसानमध्ये सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई प्रोत्साहनका लागि पुरस्कृत गर्ने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

    images

    धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारेको उहाँले बताउनुभयो । धान उत्पादक किसानमध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १२ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार प्रदान गगरिने भएको छ । पालिकाले कार्यक्रम कार्यान्वयका लागि निवेदन दिन किसानलाई आह्वान गरेको छ ।

    कृषि शाखा प्रमुख बरसाती गडरियाकानुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने भएको छ ।


    तेस्रो आँखा