• ट्रेण्डिङ्ग :
पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

पहिरोले राप्ती लोकमार्ग अवरुद्ध


  • 3.4K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

    तुलसीपुर , ११ असोज । निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ । 

    images

    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उहाँले बताउनुभयो । 

    केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनले बताउनुभयो । उहाँका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ । साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

    pahiro-16300296001633227475.jpg


    तेस्रो आँखा