• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा पाँच सयले वृद्धि

सुनको मूल्यमा पाँच सयले वृद्धि


  • 2.9K
    SHARES
    • आश्विन ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सुनको मूल्यमा पाँच सयले वृद्धि

    काठमाडौँ, ११ असोज । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

    images

    अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

    चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ । 


    तेस्रो आँखा