• ट्रेण्डिङ्ग :
सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री


  • 2.3K
    SHARES
    • आश्विन १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री

    काठमाडौँ, १३ असोज । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य का साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताउनुभएको छ । 

    images

    चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । उहाँ विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुट्नुभएको थियो । 

    अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 


    तेस्रो आँखा