• ट्रेण्डिङ्ग :
वडाध्यक्षले हङकङबाट राजीनामा पठाउनुभयो

वडाध्यक्षले हङकङबाट राजीनामा पठाउनुभयो


  • 4.9K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.5K Views

    वडाध्यक्षले हङकङबाट  राजीनामा पठाउनुभयो

    ताप्लेजुङ, १६ असोज । विगत ११ महिनादेखि हङकङमा रहनुभएका सिरिजङ्घा गाउँपालिका–३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा दिनुभएको छ । 

    images

    वडाध्यक्ष बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उहाँले यही असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा दिनुभएको हो ।

    विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उहाँले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गर्नुभएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । 

    हालै स्थानीयले वडाध्यक्ष बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए । 


    तेस्रो आँखा