तुलसीपुर, १८ असोज । गैराखाली हरियाली सामुदायिक वन उपभोक्ता समुहको २७ औं साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष नोखि रावतको अध्यक्षतामा र लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी प्रमुखको अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि डिल्ली बहादुर चौधरीले महिला दिदिबहिनीहरुले सामुदायिक वनबाट गर्न सक्ने कामको कार्य योजनाबारे आफूलाई जानकारी गराएमा आवश्यक सहयोग गर्ने बताउनु भयो । वन काट्नुहोस् र त्यो खालि ठाउँमा अर्को बिरुवा रोप्नुहोस् भन्ने कुरा वन नितिमा नै व्यवस्था गरिएको छ त्यसैले वनले हावापानी र वातावरणमा फाइदा गर्ने भएकाले हरेक क्षेत्रबाट लगानी गर्नुपर्ने बताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दुजमान भण्डारीले रुख जोगाउन, उपभोक्ताको अधिकार सुनिश्चित गराउने विषयमा आफूले सहयोग गर्ने बताउनु भयो । काठ माथि भष्टाचार गर्नेहरुलाई छानबिन गरी अख्तियारमा मुद्दा हाल्ने वा मिडियामार्फत सार्वजनिक गर्नुपर्ने बताउनु भयो । उपभोक्ताहरुले कस्तो सीप वा तालिम लिने भन्ने विषयमा जानकारी पाएमा सोही अनुरुप तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसीले वन महत्त्वपूर्ण धेरै भएको बताउँनुभयो । उहाँले राप्ती शान्ति उद्यान पार्क निर्माण गर्ने क्रममा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभयो ।
कार्यक्रमको सहजीकरण गैराखाली सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार जगदीश भण्डारीले कार्यक्रमको गर्नुभएको थियो ।
