मकवानपुर, २० असोज/ दिदी बहिनी कपास फ्याक्ट्रीमा आगलागी हुँदा करिब ९ लाख बराबरको क्षति भएको छ ।
आइतबार बिहान हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलस्थित कपास उद्योगमा आगलागी हुँदा कपास काट्ने मेसिन १ थान, ठूलो मोटर १ थान, कपास र कपडाहरू लगायतका सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उद्योगमा लागेको आगो प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा नियन्त्रणमा आएको हो । आगलागीका विषयमा थप सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।
