• ट्रेण्डिङ्ग :
सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग


  • 2.6K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग
    काठमाडौँ, २२ असोज । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् । 
     
    प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु दुई करोडको चेक हस्तान्तरण गर्नुभयो । 
     
    यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले रु पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो ।


    तेस्रो आँखा