• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  • 2.3K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    काठमाडौँ, २२ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दमलव ३९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ ।

    images

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५५ अङ्कले ओरालो लागेर चार सय ८० दशमलव २३ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर रु चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ मूल्यमा खरिद–बिक्री भएको छ ।

    नेप्सेका अनुसार, मिड सोलु हाइड्रोपावर १०, बुटवल पावर कम्पनी छ दशमलव ८३, माण्डु हाइड्रोपावर छ दशमलव ३१, प्रभु स्मार्ट फन्ड पाँच दशमलव ९६ र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४४ प्रतिशतले कमाएका छन् ।

    इस्टर्न हाइड्रोपावर आठ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव २४, नेपाल फाइनान्स छ दशमलव ९८, बोटलर्स नेपाल तराई पाँच दशमलव ८८ र कालीञ्चोक दर्शनका लगानीकर्ताले पाँच दशमलव ५० प्रतिशतले गुमाएका छन् । 


    तेस्रो आँखा