• ट्रेण्डिङ्ग :
सेयर बजार सामान्य अंकले बढ्यो

सेयर बजार सामान्य अंकले बढ्यो


  • 2.8K
    SHARES
    • कार्तिक १, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सेयर बजार सामान्य अंकले बढ्यो

    काठमाडौं, १ कात्तिक । आज सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा साताको अन्तिम दिन नेप्से परिसूचक २ दशमलव ४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ः१० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो ।

    images

    बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।

    व्यापार समूह सबैभन्दा धेरै २ दशमलव १० प्रतिशत घट्यो । बैंकिङ ० दशमलव ४०, फाइनान्स ० दशमलव ५१, लगानी ० दशमलव ७१, उत्पादन ० दशमलव २१, अन्य ० दशमलव ३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ० दशमलव १९, जीवन बीमा ० दशमलव २४, हाइड्रोपावर ० दशमलव १२, होटल तथा पर्यटन १ दशमलव ४८ र विकास बैंक समूह ० दशमलव ६४ प्रतिशत घटे ।

    गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७ दशमलव ६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५ दशमलव १२, रावा इनर्जीको मूल्य ५ दशमलव १२ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ५ दशमलव १९ प्रतिशत मूल्य घट्यो । मिडसोलु हाइड्रोपावरको ५ दशमलव ०३, सामुदायिक लघुवित्तको ४ दशमलव ४७, सपोर्ट माइक्रोफाइनान्सको ३ दशमलव ४१, विशाल बजार कम्पनीको ३ दशमलव १६ तथा आत्मनिर्भर लघुवित्तको ३ दशमलव ०४ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।


    तेस्रो आँखा