• ट्रेण्डिङ्ग :
 महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा 

 महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा 


  • 7.9K
    SHARES
    • फाल्गुण १६, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.1K Views

     महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा 

    काठमाडौं, १६ फागुन। महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ। फागुन १७ गते परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित ढंगले सम्पन्न गर्न तयारी पूरा भएको पशुपति विकास काेषले जनाएको हो।

    images

    काेषकाअनुसार सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम पूरा भएको छ। 

    गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ।

    मित्रपार्क–जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरी हुँदै पश्चिमबाट, बत्तिसपुतली–गौशाला–एयरपोर्ट–पिङ्गलास्थान भएर सुमार्गी भवन हुँदै चार शिवालयबाट पशुपतिभित्र प्रवेश गर्न पाइनेछ। 

    मालवाहक सवारीसाधन, बस, माइक्रोबस तथा ट्याम्पोलगायत सवारीसाधनलाई सिफलचौर, जोरपाटी, चाबहिल र सिनामङ्गलभन्दा अगाडि सञ्चालनमा रोक लगाइएको जानकारी कोषले जनाएको छ।

    शिवरात्रिको दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकावासीलाई पशुपति क्षेत्रको यात्रामा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ।

    कोभिड–१९ सङ्क्रमणको जोखिम अन्त्य नभइसकेकाले सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गरेर दर्शनार्थीहरुलाई मेला भर्न कोषले आग्रह गरेको छ।


    तेस्रो आँखा