• ट्रेण्डिङ्ग :
नेप्से परिसुचक ४७ दशमलव ४४ अंकले घट्यो

नेप्से परिसुचक ४७ दशमलव ४४ अंकले घट्यो


  • 3.1K
    SHARES
    • कार्तिक ४, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.7K Views

    नेप्से परिसुचक ४७ दशमलव ४४ अंकले घट्यो

    काठमाडौँ, ४ कात्तिक । आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७ दशमलव ४४ अंकले घटेको छ । २७४४ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो ।

    images

    त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९८ बिन्दुमा आएर कारोबार रोकिएको छ । 

    आइतबार १८ कम्पनीको मूल्य बढेको छ । २२६ कम्पनीको मूल्य भने घटेको छ । आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । 

    कारोबार रकमका हिसाबले आइतबार गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४५ करोड ७ लाख मूल्यको सेयर खरिदबिक्री भएको छ । 

    आइतबार सेन्सेटिभ इन्डेक्स १ दशमलव ५९ प्रतिशतले घटेको छ । आइतबार सबै उपसमूहको सूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक ४ प्रतिशतले झरेको छ । 


    तेस्रो आँखा